Premier Cables
Premier Steel

राष्ट्रिय

पतञ्जलि जग्गा हिनामिना प्रकरण : क-कसलाई लाग्यो मुद्दा ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २३, २०८२  | बिहान ८:०० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, मालपोतका कर्मचारीदेखि बैंकका कर्मचारीसम्म गरी ९३ जनालाई विपक्षी बनाएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सचिव माधवप्रसाद घिमिरेलाई प्रतिवादी बनाएको हो ।

यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशी, उपसचिवहरू कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसीलाई पनि विपक्षी बनाइएको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकहरू केशरबहादुर बानियाँ, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय काभ्रेका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा लगायतलाई विपक्षी बनाइएको छ ।

मालपोत कार्यालय काभ्रेका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं, अधिकृतहरू वेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी र नायब सुब्बा विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमागाईंविरुद्ध पनि मुद्दा दायर भएको हो ।

यस्तै प्रतिवादीहरूमा यस्तै गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी र फाँटवाला माधवप्रसाद हुमागाईं र कार्यालय सहायक राजकुमार सिग्देल पनि छन् ।

यसैगरी मालपोत कार्यालय काभ्रेका तत्कालीन नायब सुब्बा विनोद कोइराला, रामकृष्ण खत्री, हरिशरण श्रेष्ठ, रामकाजी श्रेष्ठ र खरिदार बद्रीप्रसाद हुमागाईं छन् ।

त्यसैगरी तत्कालीन सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka