Premier Cables
Premier Steel

राजनीति

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | राती ८:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।

उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्ध देखाएर विभिन्न काममा ‘सेटिङ’ मिलाउने गरेको आरोप लागेका इनम सापकोटासँग सम्बन्ध रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महेशलाई शनिबार साँझ कीर्तिपुरबाट पक्राउ गरिएको हो । उनको पक्राउबारे काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले पुष्टि गरेका छन् ।

यसअघि प्रहरीले गत असोज ११ गते इनम सापकोटालाई पक्राउ गरेको थियो । उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

सापकोटामाथि प्रहरीले सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान गरिरहेको छ । उनीसँग सम्बन्धित व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka