Premier Cables
Premier Steel

अपराध

मोरङको जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २७, २०८३  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिलाको शव फेला परेको छ ।

घरबाट करिब एक किलोमिटर टाढा रहेको जंगलमा बिहीबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला पर्नेमा स्थानीय ३१–३२ वर्षीया पार्वती लिम्बू रहेकी छन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको हो । उनको कम्मरमुनिको भागमा कपडा थिएन । प्रहरीका अनुसार शवमा बाहिरी चोटपटक भने देखिएको छैन ।

स्थानीयले मृतक र उनका श्रीमान्बीच पटक–पटक विवाद तथा झगडा हुने गरेको जानकारी प्रहरीलाई दिएका छन् ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार महिलाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka