Premier Cables
Premier Steel

खेलकुद

एनपीएलका चार खेल खेलेर फर्किए वार्नर

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अस्ट्रेलियाका पूर्वस्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर स्वदेश फर्किएका छन्। काठमान्डु गोर्खाजबाट प्रतियोगिता खेलेका वार्नरले छोटो समयमै टोलीलाई महत्वपूर्ण योगदान दिएका छन्।

काठमान्डु गोर्खाजका लागि चार खेल खेलेका वार्नरले कुल १२७ रन बनाएका थिए। रोचक पक्ष के छ भने उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाजले जित हात पारेको छ।

विज्ञापन

गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नर स्वदेश फर्किएको जानकारी दिएका हुन्। उनले वार्नरलाई टोली र नेपालका लागि पुर्‍याएको योगदानप्रति धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना व्यक्त गरेका छन्।

केसीले वार्नरको व्यावसायिकता र योगदानको प्रशंसा गर्दै आगामी दिनमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन्।

वार्नरको उपस्थितिले काठमान्डु गोर्खाजको ब्याटिङ लाइनअपमा अनुभव र आत्मविश्वास थपेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका उनले टोलीसँगको छोटो यात्रालाई प्रभावशाली बनाएका छन्।

चार खेलमै १२७ रन बनाउँदै चारवटै खेलमा टोलीलाई जित दिलाउने संयोगसहित वार्नर एनपीएलबाट बिदा भएका छन्।

उनको बिदाइसँगै काठमान्डु गोर्खाजले आगामी खेलमा ब्याटिङको जिम्मेवारी अन्य खेलाडीमार्फत अघि बढाउनुपर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka