Premier Cables
Premier Steel

समाचार

सशस्त्र प्रहरीका दुई जवान सप्तकोसीमा बगे

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २२, २०८२  | साँझ ७:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गोदाखेर अभ्यास गरिरहेका सशस्त्र प्रहरी बलका दुई जना प्रहरी जवानलाई सप्तकोसी नदीले बगाएर बेपत्ता बनाएको छ ।

बिहीबार उद्धार अभ्यास गर्ने क्रममा सप्तकोसीको वहाबमा परी बगेका हुन । उनीहरुको खोजीलाई तीव्र बनाइएको छ । बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन्।

बिज्ञापन

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि आज अभ्यास गरिरहेको थियो। गोताखोर सहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन्।

प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट आज सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको थियो।

अक्सिजन सहितको प्रहरीको टोलीले अभ्यास गर्ने क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनले नदीमा बेपत्ता भएकाहरूलाई उद्धार गर्न सुनसरी र सप्तरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम भइरहेको जानकारी दिए।

वर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बताइएको छ। घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको टोली पुगेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka