Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा २ लाख ५० हजार रुपैयाँ बराबरको पटका नष्ट

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | साँझ ५:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगरमा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका २ लाख ५० हजार रुपैयाँ बराबरका पटका नष्ट गरिएको छ।

दीपावलीका समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो।

विज्ञापन

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको पटका मंगलवार नष्ट गरिएको हो।

गुल्मका अनुसार स्थानीय पत्रकार तथा स्थानीयवासीको रोहबरमा मंगलवार दिउँसो गुल्म परिसरभित्र खाडल खनी करिब २ लाख ५० हजार रुपैयाँ बराबरका पटका नष्ट गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka