Premier Cables
Premier Steel

राष्ट्रिय

सिंगल हुनुहुन्छ ? प्रेम खोज्दै हुनुहुन्छ ? फिनल्यान्डले निःशुल्क घुमाउने मात्र होइन, स्थानीय सिंगलसँग डिनर डेटको अवसर पनि दिने 

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | अपराह्न २:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कल्पना गर्नुहोस्, तपाईं विदेश घुम्न जानुभएको छ। नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ मानिसहरूबीच अचानक एउटै टेबलमा बसेर अपरिचित व्यक्तिसँग डिनर गर्ने अवसर मिल्छ। त्यो पनि कुनै खर्च नगरी !
यदि तपाईं सिंगल हुनुहुन्छ र नयाँ मान्छे चिन्ने, रमाइलो गर्ने तथा विदेश घुम्ने सपना देखिरहनुभएको छ भने तपाईंका लागि एउटा रोचक अवसर आएको छ।

युरोपेली देश फिनल्यान्डले संसारभरका १६ जना सिंगल व्यक्तिलाई निःशुल्क चारदिने भ्रमणमा लैजाने भएको छ। अझ रोचक कुरा त के छ भने, यो भ्रमण केवल घुमफिरमा मात्र सीमित हुने छैन। सहभागीले फिनल्यान्डका स्थानीय सिंगलसँग एउटै टेबलमा बसेर डिनर गर्ने अवसरसमेत पाउनेछन्।
फिनल्यान्डको पर्यटन प्रवर्द्धन गर्ने संस्था ‘भिजिट फिनल्यान्ड’ले ‘फिनिस डिनर डेट’ नाम दिएर यो विशेष अभियान सुरु गरेको हो।
यस अभियानअन्तर्गत छनोट हुने १६ जनालाई दुई समूहमा विभाजन गरिनेछ। आठ जनालाई फिनल्यान्डको राजधानी हेलसिंकी र बाँकी आठ जनालाई टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रमा लगिनेछ। कुन समूहले कुन गन्तव्यमा जाने भन्ने कुरा भने छनोट भएपछि मात्रै थाहा पाउनेछन्।

विज्ञापन

सन् २०२७ को फेब्रुअरी ९ देखि १९ सम्म चार दिनको भ्रमण आयोजना हुनेछ। सहभागीको हवाई टिकटदेखि होटल बसाइ, खाना र विभिन्न गतिविधिको खर्च आयोजकले नै बेहोर्नेछ। तर यात्रा बिमा र आवश्यक कागजातको व्यवस्था भने आफैँ गर्नुपर्नेछ।

यो भ्रमणको सबैभन्दा आकर्षक पक्ष नै डिनर डेट हो। प्रत्येक समूहका आठ जना अन्तर्राष्ट्रिय सहभागीले फिनल्यान्डका दुई जना स्थानीय सिंगलसँग एउटै टेबलमा बसेर खाना खानेछन्।
तर यो कुनै व्यक्तिगत डेटिङ कार्यक्रम भने होइन। एकअर्कालाई चिन्ने, कुराकानी गर्ने र नयाँ सम्बन्धको सुरुवात हुन सक्ने वातावरण बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। त्यसैले फिनल्यान्ड पुग्दैमा प्रेम नै भेटिन्छ भन्ने ग्यारेन्टी भने छैन !

डिनरमा फिनल्यान्डका मौलिक परिकार पस्किइनेछन्। स्थानीय सामग्रीबाट तयार गरिएका माछा, जंगली जनावरको मासु, च्याउ र बेरीलगायतका परिकार सहभागीले स्वाद लिन पाउनेछन्।
हेलसिंकीमा सेफ अडेला किनुनेन र टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रमा सेफ हेनरी टिकानेनले सहभागीका लागि विशेष खाना तयार गर्नेछन्।

यो अभियान फिनल्यान्डमा प्रचलित ‘सिंकुकोरी’ नामको चलनबाट पनि प्रेरित छ। त्यहाँका केही किराना पसलमा नयाँ मान्छे भेट्न इच्छुक सिंगल व्यक्तिले गुलाबी रंगको किनमेल टोकरी प्रयोग गर्ने चलन छ। अर्थात्, गुलाबी टोकरी देख्नुभयो भने ती व्यक्ति नयाँ मानिससँग परिचित हुन इच्छुक छन् भन्ने संकेत हुन सक्छ।

यो अवसर प्राप्त गर्न १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। तर फिनल्यान्डमै बसोबास गर्ने व्यक्तिले भने आवेदन दिन पाउने छैनन्।
आवेदन दिन चाहनेले अंग्रेजी भाषामा एउटा भिडियो बनाउनुपर्नेछ। भिडियोमा ‘यदि डेटिङका लागि डिनर तयार गर्नुपर्‍यो भने तपाईं के परिकार बनाउनुहुन्छ र किन ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ।
त्यसपछि उक्त भिडियो इन्स्टाग्राम, टिकटक वा युट्युबमा #FinnishDinnerDate ह्यासट्याग प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ। पोस्टमा भिजिट फिनल्यान्डलाई ट्याग गरी भिडियोको लिंक आवेदन फाराममा राख्नुपर्नेछ।
इन्स्टाग्राम र टिकटकको प्रोफाइल सार्वजनिक हुनुपर्नेछ भने युट्युबमा भिडियो अनलिस्टेड राख्न सकिनेछ।
आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर १० तोकिएको छ। छनोट भएका १६ जनाको नाम डिसेम्बर १ मा भिजिट फिनल्यान्डको इन्स्टाग्राम र टिकटकमार्फत सार्वजनिक गरिनेछ।
त्यसैले, तपाईं सिंगल हुनुहुन्छ, नयाँ देश घुम्ने रहर छ र नयाँ मानिससँग परिचित हुन चाहनुहुन्छ भने यो अवसर गुमाउन नचाहनुहोला। के थाहा, फिनल्यान्डको चारदिने यात्राले तपाईंलाई सुन्दर सम्झना मात्र होइन, जीवनकै विशेष मान्छेसँग भेट्ने संयोग पनि जुराइदेला !

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka