Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ५० लाखको लगानीमा ‘लोफा स्टुडियो हेयर एण्ड किम्ट’ सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | अपराह्न १:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–२, तीनपैनी चोकमा ५० लाख रुपैयाँको लगानीमा ‘लोफा स्टुडियो हेयर एण्ड किम्ट’ सञ्चालनमा आएको छ।

आइतबार कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले रिबन काटेर उक्त स्टुडियोको औपचारिक उद्घाटन गरेका हुन्।

विज्ञापन

विराटनगरवासीलाई आधुनिक प्रविधि र सुविधासहितको हेयर तथा ब्युटी सेवा उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालिका सुमिरा बस्नेतले जानकारी दिइन्।

महिला तथा पुरुष दुवैका लागि हेयर कटिङदेखि मेकअपसम्मका सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको बस्नेतले बताइन्। उनका अनुसार स्टुडियोमा अन्तर्राष्ट्रिय ब्रान्डका गुणस्तरीय सामग्रीसमेत सुपथ मूल्यमा उपलब्ध हुनेछन्।

आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवामार्फत विराटनगरमा हेयर तथा ब्युटी सेवाको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य स्टुडियोले लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka