Premier Cables
Premier Steel

खेलकुद

विराटनगरको पहिलो जित-सुदूरपश्चिम ३५ रनले पराजित

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | राती १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङमा खराब सुरुआत गरेको छ ।

वर्षाले प्रभावित खेलमा पाँच ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुआतमै महत्त्वपूर्ण विकेट गुमाएपछि दबाबमा परेको थियो ।

विज्ञापन

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले १.३ ओभरमै सात रन बनाउँदा दुई विकेट गुमाएको थियो । पाँच ओभरमा छोट्याइएको खेलमा ब्याटिङ पावर प्ले पनि १.३ ओभरको मात्रै थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एक रन बनाएर आउट भए भने सेरफान रदरफोर्डले खाता खोल्न सकेनन् । विराटनगरका आन्द्रे रसेल र एञ्जेलो म्याथ्युजले समान एक विकेट लिए ।

क्रिजमा रहेका सैफ जैबले एक र आरिफ शेखले शून्य रन बनाएका थिए ।

सुरुआतमै दबाबमा परेको सुदूरपश्चिमले विराटनगरको चुनौती पार गर्न सकेन । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka