Premier Cables
Premier Steel

राष्ट्रिय

बारामा अस्पताल उद्घाटनको विवादले झडप, प्रहरीको गोली लागेर १५ वर्षीय बालक घाइते

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | साँझ ५:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका छन् ।

शनिबार बिहान करिब १०ः३० बजे अस्पताल उद्घाटनको विषयमा गाउँपालिकाका वर्तमान अध्यक्ष र पूर्वअध्यक्ष पक्षबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि दुवै पक्षबीच झडप भएको हो ।

विज्ञापन

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका १४–१५ वर्षीय छोरा आदित्य पासवान घाइते भएका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार घाइते बालकलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज लगिएको थियो । उनको शल्यक्रिया गरी गोली निकालिसकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको उनले जानकारी दिएका छन् ।

प्रहरीले एक राउन्ड गोली चलाएको प्रशासनको भनाइ छ । झडपका क्रममा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् । घाइतेमध्ये चारदेखि पाँच जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएका छन् ।

घटनापछि आक्रोशित समूहले १० वटा मोटरसाइकलमा आगजनी गरेको प्रशासनले जनाएको छ । आगजनी गरिएका मोटरसाइकलमध्ये केही सुरक्षाकर्मीका, केही सरकारी तथा केही स्थानीय कर्मचारीका निजी रहेको बताइएको छ ।

झडप भएको स्थान गाउँपालिका कार्यालयबाट करिब ७०० मिटरको दूरीमा रहेको छ । संघीय सरकारको बजेट अनुदानमा अस्पताल निर्माण गरिएको प्रशासनले जनाएको छ ।

घटनापछि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनका अनुसार अहिले अवस्था सामान्यतर्फ उन्मुख रहेकाले तत्काल कर्फ्यु लगाउने तयारी गरिएको छैन ।

अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka