Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने तयारी गरेको छ । सभापति गगनकुमार थापासहित निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगमा पठाउन लागिएको हो ।

कांग्रेसका अनुसार नयाँ कार्यसमिति निर्वाचित भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनु नियमित प्रक्रिया हो । यसका लागि आवश्यक कागजात तथा विवरण संकलन भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

विज्ञापन

बिहीबार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी दुलाललाई दिएको थियो ।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापति गगनकुमार थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथग्रहण सम्पन्न भएपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । उक्त बैठकले नै निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरेको हो ।

यद्यपि, निर्वाचित कार्यसमितिका १३ जनाको शपथग्रहण हुन बाँकी छ । बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए ।

अनुसन्धानको दायरामा रहेका विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवको शपथ प्रक्रिया अनुसन्धानको टुंगो नलागेसम्म रोकिएको छ । बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka