Premier Cables
Premier Steel

खेलकुद स्वास्थ्य

एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, क्यानसँग तीन वर्षे सम्झौता

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | अपराह्न १:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेको छ ।

स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त सहकार्य सुरु गरेको हो ।

विज्ञापन

यस सहकार्यअन्तर्गत आर्य फार्माल्याबले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतनामूलक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिरहेको छ ।

कम्पनीले खेल हेर्न आउने दर्शकलाई स्वास्थ्य सेवासम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ ।

त्यस्तै, खेलाडीको प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न कम्पनीले प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ । अवार्ड प्राप्त गर्ने दुवै खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

आर्य फार्माल्याबले आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै क्रिकेटजस्तो लोकप्रिय खेलको माध्यमबाट स्वास्थ्यसम्बन्धी सन्देश आम नागरिकसम्म पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka