Premier Cables
Premier Steel

खेलकुद

मोइन अलीले भने- राहुल यादव नेपालको मलिंगा बन्न सक्छन्

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १२, २०८३  | साँझ ७:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अलीले नेपालका युवा बलर राहुल यादवको प्रशंसा गर्दै उनी भविष्यमा नेपालको ‘लसिथ मलिंगा’ बन्न सक्ने बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलिरहेका अलीले १६ वर्षीय राहुल प्रतिभाशाली खेलाडी रहेको उल्लेख गर्दै फिट, विनम्र र अनुशासित रहे उनी नेपालका लागि उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका हुन् ।

विज्ञापन

काठमाडौं गोर्खाजविरुद्धको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अलीले राहुलले दुवै खेलमा पहिलो बलमै विकेट लिएको बताए । राहुलको उमेरबारे आफूलाई पछिल्लो खेलपछि मात्रै थाहा भएको उनले सुनाए ।

‘उनी साँच्चै निकै प्रतिभाशाली छन् । उनले दुवै खेलमा पहिलो बलमै विकेट लिए । उनी जम्मा १६ वर्षका हुन् । मलाई त पछिल्लो खेलपछि कसैले नभनेसम्म यो थाहै थिएन,’ अलीले भने, ‘उनी भविष्यमा नेपालको मलिंगा बन्नेछन् । फिट, विनम्र र अनुशासित रहेसम्म उनी नेपालका लागि निकै उत्कृष्ट साबित हुनेछन् ।’

अलीले नेपाली खेलाडीहरूमा पर्याप्त प्रतिभा रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा पुग्न उनीहरू धेरै टाढा नरहेको धारणा राखे । विशेषगरी नेपाली खेलाडीको फिल्डिङको प्रशंसा गर्दै उनले ब्याटिङ र बलिङमा भने केही सुधार आवश्यक रहेको बताए ।

ब्याटिङ गर्दा धैर्य राख्नुपर्ने र डट बल खेल्नुलाई सामान्य रूपमा लिनुपर्ने उनको सुझाव छ । अलीका अनुसार उनी, आन्द्रे रसेल, सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीले नेपालमा खेल्दै युवा खेलाडीलाई सहयोग गर्नु महत्त्वपूर्ण छ ।

‘हामी खेल जित्न चाहन्छौँ, तर मेरो उमेर र करियरको यो चरणमा खेल जित्नुभन्दा नेपाली खेलाडीलाई भविष्यका लागि सहयोग गर्नु बढी महत्त्वपूर्ण छ,’ उनले भने ।

त्रिवि क्रिकेट मैदानको पिचमा ब्याटिङ गर्न निकै कठिन भएको अनुभव सुनाउँदै अलीले यहाँको अवस्थालाई १० देखि १५ वर्षअघिको बंगलादेशी पिचसँग तुलना गरे । यद्यपि, चुनौतीपूर्ण अवस्थामै खेल्न आफूलाई मन पर्ने उनले बताए ।

काठमाडौं गोर्खाजविरुद्धको खेलमा अलीले ५१ बलमा अविजित ५८ रन बनाउँदै जनकपुर बोल्ट्सलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka