Premier Cables
Premier Steel

खेलकुद

जनकपुरविरुद्ध काठमाडौं ११५ रनमै अलआउट, राहुल यादवले लिए ४ विकेट

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | अपराह्न २:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाज ११५ रनमै अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो। योसँगै जनकपुर बोल्ट्सले जितका लागि ११६ रनको लक्ष्य पाएको छ।

विज्ञापन

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे।

यस्तै, सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे।

ब्याटिङमा काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। स्मित पटेलले १३, सुमित महर्जनले १० र हरिशंकर शाहले ९ रन जोडे।

काठमाडौंले सुरुदेखि नै लगातार विकेट गुमाएको थियो। ६ रन हुँदा साम हिजलेट १ रनमा आउट भए भने १९ रनको अवस्थामा हरिशंकर शाहले विकेट गुमाए।

त्यसपछि रसिद खान १७, कप्तान करण केसी ८ र जहानदाद खान ५ रनमा आउट भए। मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्ल्यूको सिकार बने। रिपोन मोन्डलले ९ रन बनाए भने शाहब आलम ४ रनमा अविजित रहे।

लगातार विकेट गुमाएको काठमाडौंले ठूलो साझेदारी बनाउन नसक्दा सामान्य योगफलमा समेटियो। अब जनकपुरले ११६ रनको लक्ष्य पछ्याउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने अवसर पाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka