Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सदस्य पोखरेलको मृत्यु

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ।

बिहीबार बिहान विराटनगर महानगरपालिका–१० को भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा टाउको र नाकमा चोट लागेका पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक पोखरेल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सदस्य रहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka