Premier Cables
Premier Steel

अपराध

चोरी आरोपको झोँकमा विराटनगरका व्यापारी गुप्ताको हत्या, शव बोरामा हालेर खोलामा फालेको खुलासा

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न १२:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा ब्याट्री पसल सञ्चालन गर्दै आएका लालजीप्रसाद गुप्ताको हत्या चोरीको आरोप लगाएको रिसमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका विराटनगर–६ का ३७ वर्षीय अब्जर मियाले चोरीको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए । यही विषयलाई लिएर मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको प्रहरी स्रोतले जनाएको छ ।

विज्ञापन

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए । सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरिरहेका बेला मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए । त्यसपछि रडले समेत प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन् ।

भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्रीको कारोबार गर्दै आएका थिए । उनी विराटनगरमा एक्लै बस्दै आएका थिए ।

हत्या गरेपछि शव बोरामा हालेर खोलामा फाले

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताको हत्या गरेपछि मियाले शव व्यवस्थापन गर्न सिटी सफारी प्रयोग गरेका थिए । शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको अनुसन्धानसँगै शवको पहिचान र हत्यामा संलग्न व्यक्तिको खोजी अघि बढाएको थियो । अनुसन्धानका क्रममा मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ ।

घटनाबारे थप विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka