Premier Cables
Premier Steel

अपराध

चिनजानकै साथीले छुरा हानी युवकको हत्या, आफूपनि भए घाइते

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान ९:४७ बजे

विराटनगर । इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति एक युवकको छुरा प्रहारबाट हत्या भएको छ। हत्या भएका युवक २२ वर्षीय निरोज चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार, निरोजको ससुराली नजिकै उनलाई सोही क्षेत्रका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) मान बहादुर राईका अनुसार, हमलामा निरोजका भाइ प्रकाश चापागाईं पनि घाइते भएका छन्। प्रकाशको उपचार झापाको विर्तासिटी अस्पतालमा भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ।

बिज्ञापन

घटनामा आरोपी किरण शेर्पा पनि घाइते भएका छन् र उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मृतक निरोज चापागाईं वडा नम्बर २ का हुन् भने आरोपी शेर्पा वडा नम्बर १ का स्थानीय हुन्। फरक वडाका भए पनि उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

हत्या किन र कसरी भयो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन नसकेको र अनुसन्धान जारी रहेको डीएसपी राईले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka