काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ। प्रतियोगितामा खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्ने उद्देश्यले कम्पनीले यो विशेष पुरस्कार ल्याएको हो।
यस पुरस्कारको पहिलो विजेता सुदूरपश्चिम रोयल्सका शेर मल्ल बनेका छन्। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनले चाँदीको बल प्राप्त गरेका हुन्।
एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्ने व्यवस्था गरिएको छ।
एनपीएलमा रन र विकेटको प्रतिस्पर्धासँगै चाँदीको बल पुरस्कारले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै यो विशेष सम्मान प्राप्त गर्ने खेलाडीप्रति क्रिकेटप्रेमीको चासो बढ्ने देखिन्छ।

