Premier Cables
Premier Steel

खेलकुद विराटनगर

एनपीएलको प्रत्यक्ष प्रसारण तीन भाषामा, कुन च्यानलमा कुन कमेन्ट्री ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | साँझ ५:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू नेपाली, अङ्ग्रेजी र मैथिली गरी तीन भाषामा प्रत्यक्ष प्रसारण हुने भएका छन् । प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले दर्शकको सहजताका लागि बहुभाषिक कमेन्ट्रीको व्यवस्था गरेको जनाएको छ ।

नेटवर्कका अनुसार नेपाली भाषाको कमेन्ट्री हिमालय टिभीबाट प्रसारण हुनेछ । त्यस्तै, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितका खेल हिमालय स्पोर्ट्स च्यानलबाट हेर्न सकिनेछ ।

विज्ञापन

यसैगरी, एनपीएलमा पहिलोपटक मैथिली भाषामा पनि क्रिकेटको प्रत्यक्ष प्रसारण गरिने भएको छ । तर, मैथिली भाषाको कमेन्ट्री भने जनकपुर बोल्ट्सले खेल्ने खेलका दिनमा मात्रै उपलब्ध हुनेछ । त्यस्ता खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स २ च्यानलबाट गरिने नेटवर्कले जनाएको छ ।

तीन भाषामा कमेन्ट्रीको व्यवस्था गरिएसँगै नेपाली, अङ्ग्रेजी र मैथिली भाषी क्रिकेटप्रेमीलाई आफ्नो रुचि र सहजताअनुसार खेल हेर्न तथा बुझ्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसले विभिन्न भाषिक समुदायका दर्शकलाई एनपीएलसँग थप जोड्ने विश्वास नेटवर्कले लिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka