Premier Cables
Premier Steel

खेलकुद

पाकिस्तानी खेलाडीको विकल्पमा आएका मलानको धमाका

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पाकिस्तानका खेलाडीले खेल्न नपाएपछि हतारमा चितवन राइनोजमा भित्रिएका इंग्ल्यान्डका ब्याटर डेविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट सुरुवात गरेका छन् । उनले विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो आगमनलाई प्रभावशाली बनाएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन् । यससँगै उनी एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनले अर्धशतक पूरा गर्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे ।

विज्ञापन

पाकिस्तानी खेलाडीको अनुपस्थितिमा चितवनले मलानलाई छोटो समयमै टोलीमा भित्र्याएको थियो । यसअघि पनि एनपीएल खेलिसकेका मलानले पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गर्दै टोलीको निर्णयलाई सही साबित गर्ने संकेत दिएका छन् ।

चितवनले यस सिजन तीन पाकिस्तानी खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई अनुबन्ध गरेको थियो । तर, आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) नपाउँदा उनीहरूले प्रतियोगिता खेल्न पाएनन् । त्यसपछि चितवनले इंग्ल्यान्डका खेलाडीलाई विकल्पका रूपमा टोलीमा समेटेको हो ।

कप्तान रवि बोपारासहित चितवनले चारै विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ । बोपारा यसअघि नै नेपाल आइसकेका थिए भने मलान, डान मोस्ली र टम टेलरलाई पाकिस्तानी खेलाडीले खेल्न नपाउने भएपछि टोलीमा समावेश गरिएको थियो ।

मलानले अघिल्लो संस्करणमा पनि चितवनबाट खेलेका थिए । यसपटक पहिलो खेलमै अर्धशतक प्रहार गरेपछि चितवनको ब्याटिङमा उनको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ ।

पाकिस्तानी खेलाडीको अनुपस्थितिले चितवनलाई अन्तिम समयमा विदेशी खेलाडी परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना गरेको थियो । तर, विकल्पका रूपमा आएका मलानले पहिलो खेलमै ब्याटबाट जवाफ दिँदै चितवनलाई बलियो योगफलतर्फ अघि बढाएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka