Premier Cables
Premier Steel

विराटनगर समाचार

विश्व पोलियो दिवसमा विराटनगरमा रोटरी पिस र्‍याली

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | बिहान ११:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्वलाई पोलियोमुक्त बनाउने सन्देशसहित विराटनगरमा रोटरी पिस र्‍याली निकालिएको छ । विश्व पोलियो दिवस–२०२६ को अवसरमा अक्टोबर २४ मा रोटरी क्लब अफ विराटनगर मिडटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ डाउनटाउनको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

पोलियो रोगको जोखिम र रोकथामबारे सर्वसाधारणलाई सचेत गराउनुका साथै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन प्रेरित गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

विज्ञापन

रोटरी क्लबका अध्यक्ष विनोद बोहराले विश्वलाई पोलियोमुक्त बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले पोलियो उन्मूलनका लागि जनचेतना अभिवृद्धिसँगै सबैको सक्रिय सहभागिता महत्त्वपूर्ण हुनेमा जोड दिए ।

र्‍यालीमा रोटरी क्लबका प्रदीप अग्रवाल, राकेश दाहाल, प्रतिश अग्रवाल, विनोद शर्मा, रामकुमार श्रेष्ठ र नवीन भट्टराईलगायत सहभागी थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka