Premier Cables
Premier Steel

विराटनगर

विराटनगरदेखि सिलिगुडीसम्म पैदल ध्वजा यात्रा गर्दै चुन्नु गुप्ता र सुशील अग्रवाल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक ०७, २०८३  | साँझ ५:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजना हुने १००औँ श्री हनुमान महोत्सवमा सहभागी हुन विराटनगरका चुन्नु गुप्ता र सुशील अग्रवालले पैदल ध्वजा यात्रा शुरु गरेका छन्। उनीहरूले विराटनगरको रानीस्थित हनुमान मन्दिरदेखि सिलिगुडीको श्री पञ्चमुखी हनुमान मन्दिरसम्म पैदल यात्रा गर्न लागेका हुन्।

श्री पञ्चमुखी बालाजी धामको ५० वर्ष पूरा भएको अवसरमा आगामी अक्टोबर २५ देखि २९ तारिखसम्म सिलिगुडीमा १००औँ श्री हनुमान महोत्सव आयोजना हुँदैछ। सोही महोत्सवमा धार्मिक ध्वजा पुर्‍याउने उद्देश्यले गुप्ता र अग्रवालले पैदल यात्रा गर्न लागेका हुन्।

विज्ञापन

महोत्सवको उद्घाटन अक्टोबर २५ आइतबार बिहान ११ बजे सिलिगुडीस्थित मन्दिर परिसरमा हुनेछ। उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का श्यामा चरण राय, दार्जिलिङका सांसद राजु बिष्ट, पश्चिम बंगालका पर्यटनमन्त्री डा. शंकर घोष तथा विश्व हिन्दू परिषद्का अनूप कुमार मण्डल र लक्ष्मण बंसल सहभागी हुने आयोजकले जनाएको छ।

श्री पञ्चमुखी बालाजी धामका संस्थापक रमेश कुमार चाचान तथा मन्दिरका सदस्यहरूले महोत्सवमा सहभागी हुन भक्तजनलाई निमन्त्रणा गरेका छन्। पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको समापन महाप्रसाद वितरणसँगै गरिनेछ।

विराटनगरको रानीस्थित हनुमान मन्दिरबाट सुरु हुने ध्वजा यात्रा सिलिगुडीस्थित श्री पञ्चमुखी हनुमान मन्दिरमा पुगेर सम्पन्न हुनेछ। धार्मिक आस्था र भक्तिभावसँग जोडिएको यस यात्राले नेपाल र भारतका भक्तजनबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गुप्ता र अग्रवालको पैदल ध्वजा यात्राले हनुमान महोत्सवप्रति भक्तजनको उत्साह बढाउनुका साथै सीमापार धार्मिक सद्भावको सन्देश प्रवाह गर्ने जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka