Premier Cables
Premier Steel

राष्ट्रिय

भारतबाट नेपाल फर्किएका तीन जनामा काेरोना पुष्टि, नमूना परीक्षण गर्न टेकु पठाइयो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेपालगञ्ज । भारतबाट नेपाल फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना भाइरस (कोभिड–१९०) को सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भारतका विभिन्न सहरबाट फर्किएका ती व्यक्तिहरूमा कोभिड संक्रमण भेटिएको हो।

कोभिड पुष्टि हुनेमा कञ्चनपुर पुनर्वासका २० वर्षीय युवक,अछाम ढकारीका ३२ वर्षीय युवक र कैलाली धनगढीकी २४ वर्षीया महिला रहेका छन्। ती सबै भारतबाट गौरीफन्टा नाका हुँदै फर्किएका शङ्कास्पद ३६ जनामध्ये परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो।

बिज्ञापन

महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार,“कोभिड पुष्टि भएका तीनै जनालाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। साथै उनीहरूको नमुना परीक्षणका लागि काठमाडौँको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला,टेकु पठाइएको छ।”

पिसीआर परीक्षणपछि ती व्यक्तिहरूमा कोभिडको कुन भेरियन्ट (रूप) रहेको हो भन्नेबारे थप जानकारी प्राप्त हुने जनाइएको छ। हाल भारतलगायत छिमेकी मुलुकहरूमा पुनः संक्रमणको अवस्था देखिन थालेपछि नेपालमा पनि संक्रमण फैलिने सम्भावना उच्च रहेको भन्दै सुदूरपश्चिम प्रदेशका सबै सीमानाकामा सतर्कता बढाइएको निर्देशनालयले जनाएको छ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै मातहतका अस्पताल, कार्यालय र प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। यद्यपि, सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षणका लागि आवश्यक किटको अभाव रहेको समेत बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka