Premier Cables
Premier Steel

कोशी प्रदेश

भारतबाट कोभिड आउन रोक्न झापामा उच्च सर्तकता

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २७, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । भारत र सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमणका नयाँ केसहरू देखिन थालेपछि झापा जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले सीमा नाकाहरूमा निगरानी तथा जाँच प्रणालीलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो।

बिज्ञापन

बैठकले नाकामा रहेको हेल्थ डेस्कमा थप जनशक्ति र स्रोतसाधन परिचालन गर्ने निर्णय समेत गरेको छ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लाका सबै स्थानीय तहहरूलाई सतर्क रहन र पूर्वतयारी गर्न परिपत्र पठाइएको जानकारी दिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka