Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा साल्ट ट्रेडिङद्वारा सहुलियत दरको चिनी बिक्री शुरु,५ हजार २०० मेट्रीक टन माैज्दात

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल साल्ट ट्रेडिङिले सहुलियत दरको चिनी बिक्री खुला गरेको छ । विराटनगरस्थित कोसी प्रादेशिक कार्यालय र बिर्तामोड कार्यालयले सहुलियत दरमा बिक्री शुरु गरेको हो ।

साल्ट ट्रेडिङका प्रादेशिक कार्यालय प्रमुख राधेश्याम चौधरीले दिएको जानकारीअनुसार हिजोबाट डिलरहरुलाई चिनी बिक्री गर्न शुरु गरिएको हो । डिलरले १०६ रुपैयाँ प्रति केजीका दरले चिनी पाइरहेका छन् । तर, पहिले नै डिलरसीप लिएकाहरुले मात्र चिनी पाउने चौधरीले बताए ।

विज्ञापन

उनले भने,‘‘जसले सरकारी मापदण्डअनुसार धरौटी राखेरे डिलरसीप लिएका छन् । उनीहरुलाई हामीले चिनी दिइरहेका छौं ।’’ विराटनगवर कार्यालयले तेह्रथुममा समेत चिनी पठाएको छ । बिक्री हिजोदेखि खुलेको हो । त्यो भन्दा पहिले दिइएको थिएन । तेह्रथुम, भोजपुर र धनकुटालाई पनि चिनी पठाइएको उनले बताए ।

बिर्तामोड कार्यालयले भने मेचीका पहाडी जिल्ला इलाम, पाँचथर, झापा र ताप्लेजुङलाई वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङबाट १५० डिलरले चिनी खरिद गर्न सक्ने छन् । उनले भने,‘‘माथिबाट रेट तय भएर नआएकोले हिजोबाट मात्र चिनी बिक्री शुरु गरिएको हो ।’’

दशैंका भोलिसम्म मात्र कार्यालय खुला हुने भएकोले पर्सि बन्द हुनेछ । विराटनगर कार्यालयमा जम्मा आएको ५ हजार २ मेट्रीक टन चिनी मौज्दात रहेको भने एउटा डिलरले १२० बोरा चिनी खरिद गर्न सक्नेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka