Premier Cables
Premier Steel

शिक्षा

एभरेष्ट मन्टेश्वरी मा विविध चाडपर्व विशेष कार्यक्रम सम्पन्न

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | साँझ ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट मा.वि.को मन्टेश्वरी मा दशैं, तिहार, नेपाल सम्वत्, म्ह पूजा, छठलगायतका विविध पर्व लक्षित गर्दै विशेष कार्यक्रम गरिएको छ ।

पाठ्यक्रममा चाडपर्वहरूको विषयमा उल्लेख भएपनि त्यसलाई व्यवहारिक रुपमा कसरी मनाइन्छ भन्ने बुझाउन चाडपर्व लक्षित कार्यक्रम गरिएको हो ।

विज्ञापन

कार्यक्रममा नवरात्रिमा पुजिने विभिन्न दुर्गा माताका विभिन्न स्वरुपमा विद्यार्थीहरुलाई सजाई पुजिएको थियो । यस्तै दशैंमा गरिने पूजा आराधना देखि मनोरञ्जनमा समेत विद्यार्थीले सहभागिता जनाएका छन् । यसैगरि म्ह पूजाको विधि, तिहारमा गरिने विभिन्न संस्कार तथा छठ पर्वमा हुने गतिविधि समेत विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मन्टेश्वरी तहका प्ले ग्रुपदेखि कक्षा १ सम्मका २५० जना विद्यार्थीले विभिन्न चाडपर्वहरूको प्रदर्शन गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले चाडपर्वहरु हाम्रा संस्कृती र संस्कार पनि हुन् भन्दै पूर्वीय दर्शन अनुसार नेपालका संस्कार र संस्कृति रहेकाले त्यसलाई जोगाई राख्न व्यवहारिक रुपमा ज्ञान दिन कार्यक्रमको आयोजना भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ, त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रुपमा प्रदर्शन गरिएको हो ।’

एभरेष्टले शिक्षालाई सीप संस्कार र प्रविधिलाई सँगसँगै जोडेर अघि बढेको भन्दै उहाँले हरेक किताबी ज्ञानलाई प्रयोगात्मक समेत गराउँदै आएको बताउनुभयो । सानैदेखि आफ्ना कला, धर्म, संस्कृति र संस्कार सिकाउन आवश्यक रहेको भन्दै उहाँले यो कार्यक्रम प्रभावकारी हुँदै आएको समेत बताउनुभयो । आज मन्टेश्वरी का विद्यार्थीले गरेजस्तै भोली प्राथमिक तहका विद्यार्थीहरुले चाडपर्व लक्षित कार्यक्रम गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला, विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिति थियो |

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka