Premier Cables
Premier Steel

अन्य समाचार

लाइटरको ज्वालामा राठीको तार राख्दा के भयो? इलेक्ट्रिसियनकै सहभागितामा परीक्षण, अचम्मको परिणाम

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | साँझ ६:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हातमा लाइटर, अगाडि विद्युतीय तार। इलेक्ट्रिसियनहरूले लाइटरको ज्वाला तारमा लगाए। राठी केबलका अनुसार, उक्त प्रदर्शनमा तारले आगो समातेन। यही परीक्षणमार्फत कम्पनीले आफ्नो ‘फायर–एक्स जेडएचएफआर’ तारको विशेषता प्रस्तुत गरेको छ।

इलेक्ट्रिसियनहरूसँग आयोजित भेटघाट तथा अन्तरक्रियामा कम्पनीले सहभागीहरूलाई आफैँ परीक्षण गरेर तारको प्रतिक्रिया अवलोकन गर्ने अवसर दिएको थियो। सहभागीहरूले लाइटरको सहायताले परीक्षण गर्दै उत्पादनका विशेषता र प्रयोगबारे जानकारी लिएका थिए।

विज्ञापन

कम्पनीका अनुसार ‘फायर–एक्स जेडएचएफआर’ ह्यालोजनरहित सामग्रीबाट निर्मित तार हो। आगो फैलिन नदिने, कम धुवाँ उत्पादन गर्ने तथा हानिकारक ह्यालोजनयुक्त ग्यासको उत्सर्जन न्यूनीकरण गर्ने विशेषता रहेको कम्पनीले जनाएको छ।

घर तथा व्यावसायिक भवनमा प्रयोग हुने तारको छनोट विद्युतीय सुरक्षासँग जोडिने भएकाले उत्पादनबारे व्यावहारिक जानकारी दिन कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ। यस्तो तारको प्रयोगले आगलागीका बेला उत्पन्न हुन सक्ने जोखिम कम गर्न सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka