Premier Cables

अन्तराष्ट्रिय

रुसमा महिला वैज्ञानिकको मृत्युपछि प्लेग संक्रमणको आशंका, २०० जना निगरानीमा

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २१, २०८३  | अपराह्न १:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रुसको साइबेरियास्थित इर्कुत्स्कको प्लेग अनुसन्धान संस्थानमा कार्यरत २८ वर्षीया महिला वैज्ञानिकको मृत्युपछि सम्भावित प्लेग संक्रमणलाई लिएर चिन्ता बढेको छ।

यद्यपि, रुसी अधिकारीहरूले उनको मृत्यु प्लेग संक्रमणका कारण भएको आशंका अस्वीकार गरेका छन्। उनीहरूका अनुसार महिलाको मृत्यु अज्ञात कारणले भएको गम्भीर निमोनियाका कारण भएको हो।

विज्ञापन

मृतकको सम्पर्कमा आएका करिब २०० जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ। यस्तै, अनुसन्धान संस्थानका ६० भन्दा बढी कर्मचारीलाई सावधानीस्वरूप संस्थान परिसरभित्रै सीमित गरिएको बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इर्कुत्स्कमा हालै प्लेग संक्रमणको कुनै केस पुष्टि भएको जानकारी रुसले दिएको छैन। रुसी अधिकारीहरूले सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी निगरानी तथा परीक्षण गरिरहेको बताएका छन्। हालसम्म उच्च जोखिमयुक्त कुनै रोगजनक पुष्टि नभएको उनीहरूको भनाइ छ।

डब्लूएचओका महानिर्देशकले भने ती महिलामा देखिएको गम्भीर निमोनियाको वास्तविक कारण स्पष्ट पार्न आवश्यक रहेको बताएका छन्।

घटनापछि इर्कुत्स्क तथा आसपासका क्षेत्रका केही अस्पतालमा समेत सावधानीका उपाय अपनाइएको रिपोर्टहरूमा उल्लेख छ। बाल अस्पताल र प्रसूति अस्पतालसहित केही स्वास्थ्य संस्थामा प्रतिबन्ध लगाइएको तथा ती महिलाको उपचार भएको अस्पताललाई समेत क्वारेन्टाइनमा राखिएको बताइएको छ।

यसैबीच, घटनालाई युरोपेली संघ (ईयू) को हेल्थ सेक्युरिटी कमिटीको बैठकको एजेन्डामा समावेश गरिएको छ। युरोपेली आयोग र ईयू सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरूले बुधबार ब्रसेल्समा बसेको बैठकमा उक्त घटनाबारे छलफल गरेका छन्।

युरोपेली आयोगका एक प्रवक्ताले युरोन्युजसँग घटनाको पुष्टि गर्दै रुसमा देखिएको उक्त घटनालाई स्वास्थ्य सुरक्षा समितिको एजेन्डामा राखिएको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka