Premier Cables

विराटनगर

छैटौं ‘विराट सडक महोत्सव’मा २५ किलोको लक्की ड्र

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १९, २०८३  | बिहान ११:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगरको हिमालय रोडमा यस वर्ष पनि ‘विराट सडक महोत्सव–२०८३’ आयोजना हुने भएको छ।

मञ्जिना मुभिज क्रियसन प्रा.लि.को आयोजना तथा विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धनमा असोज २५ गतेदेखि ३० गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ।

विज्ञापन

दशैंको अवसरलाई लक्षित गरी आयोजना हुन लागेको महोत्सवको यो छैटौं संस्करण हो। आयोजकका अनुसार ६ दिनमा करिब ६० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सवमा विभिन्न जातजाति तथा समुदायका मौलिक एवं सांस्कृतिक खानाका परिकार, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति र दशैं विशेष मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।

महोत्सवको थप आकर्षणका रूपमा लक्की ड्रको व्यवस्था गरिएको छ। लक्की ड्रमा चिट्ठा काट्नेहरूमध्येबाट २५ किलोको खसी उपहार दिइने आयोजकले जनाएको छ।

महोत्सवमा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ। आयोजकले विराटनगरको पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै स्थानीय उत्पादन र व्यवसायलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।
हिमालय रोडमा हरेक दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सव अवधिभर हिमालय रोडमा सवारी आवागमन व्यवस्थापनसमेत गरिने आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka