Premier Cables

कोशी प्रदेश

बिर्तामोडमा आगलागी, पाँच घरमा क्षति

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २१, २०८३  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–स्थित भद्रपुर लाइनमा आगलागी हुँदा करिब पाँच घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालका अनुसार आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।

विज्ञापन

‘मानवीय क्षति भएको छैन,’ डीएसपी अवालले भने, ‘चारदेखि पाँच घरमा आगलागीबाट क्षति पुगेको छ। हामी क्षतिको विवरण संकलन गरिरहेका छौँ।’

प्रहरीका अनुसार भद्रपुर लाइनमा रहेको एक फर्निचर उद्योगबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीको कारण तथा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka