Premier Cables

राजनीति

रवि लामिछानेले भने- सरकार ढल्छ भन्नेहरु ढल्छन् तर सरकार ढल्दैन् !

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको इतिहास गर्विलो रहेको उल्लेख गर्दै पार्टीभित्र केही विषयमा सुधार आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक प्रतिबद्धता भाषणमा मात्रै सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए।

विज्ञापन

सम्बोधनका क्रममा उनले सरकार ढल्ने चर्चा भइरहे पनि त्यस्ता चर्चा गर्नेहरू नै राजनीतिक रूपमा कमजोर बन्ने दाबी गरे। ‘सरकार ढल्छ, अहिले ढल्छ, भरे पनि ढल्छ भन्दैछन्। तर भन्नेहरू नै ढल्छन्, सरकार ढल्दैन,’ उनले भने।

लामिछानेले कांग्रेसले विगतदेखि नै अवसरको समान वितरण गर्न सकेको भए आफू पनि कांग्रेसमा आबद्ध हुन सक्ने संकेत गरे। ‘दुरदराजका मानिसलाई समानुपातिकमा अवसर दिएको भए, ४० वर्षमै सभापति बन्ने प्रेरणा दिएको भए म पनि कांग्रेस हुने थिएँ होला,’ उनले भने।

उनले फरक राजनीतिक दल र चुनाव चिह्नका विषयमा नागरिकलाई अन्योलमा पार्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘मुलुकसँगै मिलेरै अघि बढ्ने हो,’ लामिछानेले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka