Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय मानवअधिकार आयोगद्वारा रविको कारागार कोठा निरीक्षण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राखिएको रुपन्देही कारागारको कोठामा वातानुकूलित प्रणाली (एसी) नरहेको र झ्याल प्लाईउडले टालिएको अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरूको गम्भीर अभाव रहेको निष्कर्ष दिएका छन्।

बिज्ञापन

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। पर्याप्त शौचालय छैनन् र भएका शौचालयहरूको अवस्था पनि नाजुक छ।

रवि लामिछाने राखिएको ब्लकमा झ्याल टालिएकाले हावापास हुने अवस्था छैन। कोठामा एउटा चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने प्रकारको ठूलो पंखा रहेको थापाले जानकारी दिइन्।

झ्याल प्लाईउडले टालिएकोबारे कारागार प्रशासनले सुरक्षाका कारण देखाएको छ। तर, मानवअधिकार आयोगका प्रतिनिधिहरूले झ्याल खोल्न सुझाव दिएपछि प्रशासनले त्यसका लागि तयारी देखाएको थापाले बताइन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka