Premier Cables

कोशी प्रदेश

मोरङको लेटाङमा दुर्घटना परी दुईजनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १७, २०८३  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडक खण्डमा जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब साढे १० बजे दुर्घटना भएको थियो ।

विज्ञापन

दुर्घटनामा चालक झापाको घेराबारी बस्ने अन्दाजी २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार चालक नेपालीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा मृत्यु भएको हो । सन्देशको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । अमर नेपालीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka