Premier Cables

समाचार

नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १७, २०८३  | बिहान ११:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नवलपरासी । नवलपरासी पूर्वमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी अनिल पण्डितका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन्।

बसमा सवार दुई जना भने सकुशल रहेको डीएसपी पण्डितले जानकारी दिए।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka