विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ भएको एक साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
दुर्घटनामा मोरङको जहदा गाउँपालिका–३ निवासी ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो। सिटी सफारी (बिराटनगर-१-ह १२३४) नम्बरसँग ठोक्किएपछि राजवंशीको साइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिज्ञापन
गम्भीर टाउको चोटसहित गम्भीर अवस्थामा रहेका राजवंशीलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको थियो। तर, अस्पतालमा भर्ना गरिएपछि केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।