विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खतिवडा र राईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेस निकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा रिक्त रहेका पदमा खतिवडा र राईलाई नियुक्त गरिएको हो।
मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्य नियुक्त गर्नुका साथै यसअघि असोज २२ र २३ गते आयोजना गर्ने तय भएको मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ। बैठकले सम्मेलन असोज २७ र २८ गते आयोजना गर्ने निर्णय गरेको छ।
