Premier Cables
Premier Steel

कोशी प्रदेश

जेनजी आन्दोलनमा सरकारी वेभपोर्टलबाट हराएका कर्मचारी अझै फर्किएनन्, कता हराए ती ?

Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ११:३७ बजे

विराटनगर । जेनजी आन्दोलनका क्रममा खासगरी राजनीतिक दलका नेता तथा कार्यकर्तालाई निसाना बनाइयो । धेरै नेताका घर तथा पार्टी कार्यालयहरुमा आगजनी भए ।

जनेजीको निसानमा दलका नेता र तिनका कार्यकर्ताहरु पनि परेका थिए । तर, देशमा बेथिति बढाउन र भ्रष्टचारलाई बढावा दिन भूमिका खेल्ने गरेका कर्मचारीहरु निसाना बनेनन् । भदौ २३ र २४ गते आन्दोलन शुरु भएपछि त्यसले उग्र रुप लिन पुग्यो । मोरङका धेरै सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड भए । व्यापारिक प्रतिष्ठानहरुमा समेत आक्रमण भयो ।

बिज्ञापन

त्यही बेला सरकारी वेभसाइटबाट एकाएक कर्मचारीहरुको तस्बिर हराए । अर्थात सरकारी पोर्टलबाट कर्मचारी हराए । आन्दोलन सकिएर अहिले देशमा शान्ति स्थापना भई सकेको छ । नयाँ सरकारसमेत गठन भएको छ । तर, सरकारी वेभपोर्टलबाट हराएका सरकारी कर्मचारीहरु भने अझै फर्किएका छैनन् । उदाहरणका लागि कोशी प्रदेशका सरकारी पोर्टलहरुमा हेर्न सकिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित धेरै मन्त्रालयका वेभसाइटबाट कर्मचारीको तस्बिर र विवरण एकाएक डिलटि भए । तिनलाई अझै फर्काउने काम भएको छैन । ती वेभाइटमा अझै जिम्मेवार कर्मचारीहरुको तस्बिर र विवरण राखिएको छैन । आक्रमणको डरले साइटबाट हराएका कर्मचारी अझै फर्किएका छैनन् ।

आन्दोलनका बेला जेनजीमाथि गोली चलाउन आदेश दिने काठमाडौका सिडिओलाई कार्वाही गर्न माग उठेको थियो । आफ्ना सन्तानलाई विदेशमा पढ्न पठाएर स्वदेशमा नेपालीका छोराछोरीमाथि गोली चलाउन आदेश दिएको भन्दै उनको आलोचना भएको थियो

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka