Premier Cables

कोशी प्रदेश

जेनजी आन्दोलनमा सरकारी वेभपोर्टलबाट हराएका कर्मचारी अझै फर्किएनन्, कता हराए ती ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा खासगरी राजनीतिक दलका नेता तथा कार्यकर्तालाई निसाना बनाइयो । धेरै नेताका घर तथा पार्टी कार्यालयहरुमा आगजनी भए ।

जनेजीको निसानमा दलका नेता र तिनका कार्यकर्ताहरु पनि परेका थिए । तर, देशमा बेथिति बढाउन र भ्रष्टचारलाई बढावा दिन भूमिका खेल्ने गरेका कर्मचारीहरु निसाना बनेनन् । भदौ २३ र २४ गते आन्दोलन शुरु भएपछि त्यसले उग्र रुप लिन पुग्यो । मोरङका धेरै सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड भए । व्यापारिक प्रतिष्ठानहरुमा समेत आक्रमण भयो ।

विज्ञापन

त्यही बेला सरकारी वेभसाइटबाट एकाएक कर्मचारीहरुको तस्बिर हराए । अर्थात सरकारी पोर्टलबाट कर्मचारी हराए । आन्दोलन सकिएर अहिले देशमा शान्ति स्थापना भई सकेको छ । नयाँ सरकारसमेत गठन भएको छ । तर, सरकारी वेभपोर्टलबाट हराएका सरकारी कर्मचारीहरु भने अझै फर्किएका छैनन् । उदाहरणका लागि कोशी प्रदेशका सरकारी पोर्टलहरुमा हेर्न सकिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित धेरै मन्त्रालयका वेभसाइटबाट कर्मचारीको तस्बिर र विवरण एकाएक डिलटि भए । तिनलाई अझै फर्काउने काम भएको छैन । ती वेभाइटमा अझै जिम्मेवार कर्मचारीहरुको तस्बिर र विवरण राखिएको छैन । आक्रमणको डरले साइटबाट हराएका कर्मचारी अझै फर्किएका छैनन् ।

आन्दोलनका बेला जेनजीमाथि गोली चलाउन आदेश दिने काठमाडौका सिडिओलाई कार्वाही गर्न माग उठेको थियो । आफ्ना सन्तानलाई विदेशमा पढ्न पठाएर स्वदेशमा नेपालीका छोराछोरीमाथि गोली चलाउन आदेश दिएको भन्दै उनको आलोचना भएको थियो

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka