Premier Cables

समाचार

खुल्यो बिपी राजमार्ग

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ ।

विज्ञापन

रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ । सडक खुलाउने सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाउने काम थालिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka