Premier Cables

मौसम

कुलेखानी जलाशयमा पानीको सतह एक हजार पाँच सय २६ मिटर पुग्यो, सतर्क रहन आग्रह

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढेर एक हजार पाँच सय २६ मिटर पुगेको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार आइतबार बिहान ९ः२० बजे जलाशयमा पानीको सतह उक्त उचाइमा पुगेको हो ।

विज्ञापन

जलाशयको पानीको सतह एक हजार पाँच सय २७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने केन्द्रले जनाएको छ । पानीको सतह निरन्तर बढिरहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

केन्द्रले जोखिमबारेको सूचना अन्य व्यक्तिसम्म पनि पुर्‍याई सबैलाई सुरक्षित राख्न सहयोग गर्न अनुरोध गरेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka