Premier Cables

कोशी प्रदेश

बाढीले बन्द भएका काेसी प्रदेशका कुनकुन सडक खुले ? (हेर्नुहाेस विवरण)

Calendar शनिबार, जेठ १७, २०८२  | राती ९:२७ बजे

विराटनगर । बाढी र कटानका कारण कोसी प्रदेशका विभिन्न चार जिल्लामा सात सडक वटा सडक अवरुद्ध बनेका छन् । तीमध्ये चारवटा वैकल्पिक र आंशिक हिसाबले मात्र संचालनमा आएका छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित नमस्ते झरना छेउमा पहिरो झरेर सडक अबरुद्ध भयो । एकतर्फ संचालन भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिकाको फेदीमा लेउती खोलाले एक सय मिटर सडक कटान गर्दा कोसी राजमार्ग दिनभर अवरुद्ध थियो । अहिले साँझबाट भने एकतर्फी सडक खुलाइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बिज्ञापन

साँगुरीगढी ५ को डाँडा बजार खण्डको छरुवा खोलामा बाढी आई तमोर करिडोर अबरुद्ध बन्यो । सडक हालसम्म संचालनमा आएको छ । यसको वैकल्पिक मार्ग छैन ।

साँगुरीगढीकै लुम्फाजुङ कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसबाट रविराँक सडक अवरुद्ध बन्यो । सडक प्रहरीले खुलाएको छ ।
सुनसरीको बराहक्षेत्र १ नयाँ पुल खोलास्थितमा पहिरो झर्दा सडक अबरुद्ध बनेको छ । यसको वैकल्पिक मार्ग नभएकोले खुल्न सकेको छैन ।

इलामको माई नगरपालिका ७ स्थित सडकमा पहिरो झरेर अवरोध भएको सडक खुलेको छ । यसैगरी उदयपुरको बेलका नगरपालिका वडा नं ८ कोठु खोला कच्ची सडक खण्डमा पहिरो खसरे अवरोध भएको थियो । वैकल्पिक मार्ग नभएकोले खुल्न सकेको छैन ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो