Premier Cables

मौसम

मनसुन प्रवेशको तयारी, केही दिनमै भारी वर्षाको सम्भावना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २८, २०८३  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालमा मनसुन अझै प्रवेश गरेको छैन, तर मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन भित्रन अनुकूल वातावरण बिस्तारै तयार हुँदैछ।

मनसुन प्रायः पूर्वी भूभागबाट प्रवेश गरेर बिस्तारै पश्चिमतिर फैलिन्छ। नेपालमा प्रत्येक वर्ष करिब चार महिनासम्म मनसुनको अवधि रहने गर्छ।

विज्ञापन

मौसमविद् रोजन लामिछानेका अनुसार, “पूर्वी भूभागबाट मनसुन प्रवेश गर्न वातावरणहरू बिस्तारै तयार भइरहेका छन्। केही दिनमै मनसुन भित्रन सक्ने सम्भावना छ, तर सही समय अहिले भन्न सकिँदैन। हामी निगरानीमै छौँ।”

भारतको मौसम विभागले ९ जुनमा मनसुन सिक्किम र असाम क्षेत्रसम्म फैलिएको जानकारी दिएको छ। सिक्किम नेपालको कोसी प्रदेशसँग सिमाना जोडिएको छ, र यहीं नेपालमा मनसुन प्रवेशको अनुकूल अवस्था बनिरहेको छ।

लामिछानेले भने, “अहिले पूर्वी भूभागका केही स्थानहरूमा मात्र मनसुन प्रवेशको सम्भावना देखिन्छ, तर अहिले तत्काल प्रवेश हुने अवस्था छैन। हामीले क्राइटेरिया अनुसार स्थिति जाँच गरिरहेका छौँ। अपडेट आएमा जानकारी दिनेछौँ।”

काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा र भारी वर्षाको सम्भावना

बिहीबार (जेठ २८) देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मौसमविद् लामिछानेका अनुसार, कतै कतै भारी वर्षा पनि हुन सक्छ। मंगलबार–बुधबार (जेठ २६–२७) काठमाडौंसहितका धेरै ठाउँमा वर्षा भएको थियो, र बिहीबार बिहान पनि केही ठाउँमा पानी परेको छ। यो वर्षा मुख्यतः पश्चिमी र स्थानीय वायु प्रणालीको प्रभावमा परेको हो।

काठमाडौंमा आज आंशिकदेखि मध्यम बादल लाग्ने र दिउँसो–साँझ हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। काठमाडौंमा पूर्ण रूपमा घाम लाग्ने संभावना कम छ, तर कतै अलिकति खुल्ने अवस्था हुन सक्छ।

भारी वर्षा गण्डकी प्रदेश, वाग्मती प्रदेश र केही पूर्वी क्षेत्रहरूमा हुने सम्भावना छ। बिहीबार राति पनि लुम्बिनी, वाग्मती, मधेस र कोसी क्षेत्रमा खण्ड–खण्ड रूपमा भारी वर्षा हुने देखिन्छ।

त्रिभुवन विश्वविद्यालयका डा. विनोद पोखरेलले भने, “पश्चिम नेपालबाट सुरु भएको वर्षाले पूर्वी नेपालसम्म सबै क्षेत्रमा राम्रो वर्षा गराएको छ। आज र भोलि केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।”

नेपालमा मनसुन प्रवेशको औसत मिति १३ जुन हो, तर केही दिन अघि वा पछि पनि मनसुन भित्रिन सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka