Premier Cables

अन्तराष्ट्रिय

हर्मुज जलघाँटी तत्काल खोल्न ८० देशको आह्वान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | साँझ ६:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच बहराइनको नेतृत्वमा ८० देशले रणनीतिक हर्मुज जलघाँटी तत्काल पूर्ण रूपमा खुला गर्न र त्यहाँबाट जहाजको सुरक्षित तथा निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन्।

बहराइनका विदेशमन्त्री अब्दुललतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट संयुक्त वक्तव्य सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन्।

विज्ञापन

संयुक्त वक्तव्यमा हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै तत्काल जलमार्ग खुला गर्नुपर्नेमा जोड दिइएको छ।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्। उक्त प्रस्तावले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जलयात्रा अवरुद्ध गर्ने वा त्यसको स्वतन्त्रतामा हस्तक्षेप गर्ने गतिविधिको निन्दा गरेको छ।

संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकमाथि भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षामा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ। सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलघाँटीबाट जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न र कुनै अवैध शुल्क वा अन्य अवरोध नराख्न आग्रह गरेका छन्।

यस्तै, वक्तव्यमा यमनका हुथी समूहका गतिविधि, साउदी अरबमाथिका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ। बाब अल–मन्दब जलघाँटी क्षेत्रमा थप गतिविधि भए अन्तर्राष्ट्रिय समुद्री यातायात र विश्वव्यापी व्यापारमा जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka