Premier Cables

अन्तराष्ट्रिय अपराध

विमानस्थलबाट साढे ५ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको हो ।

विज्ञापन

यस्तै, कतारबाटै काठमाडौं आएका एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१, पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka