Premier Cables

अन्तराष्ट्रिय

नेपालको बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | बिहान ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा उक्त सहयोगको घोषणा गरेकी हुन्।

विज्ञापन

भेटका क्रममा उपसचिव हुकरले बाढीबाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समेत सहानुभूति प्रकट गरेकी थिइन्।

अमेरिकाले बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधारको पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन अमेरिकी डलर बराबरका स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ।

उक्त पुल अमेरिकी कम्पनीबाट खरिद गरी प्रभावित क्षेत्रमा प्रयोग गरिने जनाइएको छ। सहयोगले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रको आवागमन सहज बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka