Premier Cables
Premier Steel

बैंक तथा वित्त

अबकाे मौद्रिक नीति : बैंकको कर्जामा सीमित व्यक्तिकाे मात्र पहुँच घटाइने

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बैंकको कर्जा सीमित व्यक्तिको मात्रै पहुँचमा नरहने गरी मौद्रिक नीति तर्जुमा गर्ने बताएका छन् ।

उनले निश्चित व्यक्तिको हातमा ठूलो रकम कर्जाका रूपमा जाँदाभन्दा धेरै व्यक्तिलाई सानो(सानो कर्जा जाँदा देशलाई फाइदा हुने बताए ।

बिज्ञापन

अर्थ समितिको आज बसेको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफलमा सहभागी हुँदै गभर्नर पौडेलले सीमित व्यक्तिमा कर्जा जाँदा त्यसले मुलुकलाई लाभ दिन नसक्ने बताए । समाजको तल्लो वर्गले पनि कर्जाको उपयोग गर्ने गरी मौद्रिक नीति तर्जुमा गरिने संकेत उनले गरेका हु न।

गभर्नर पौडेलले कृषि कर्जा उपयोग गर्नेहरू नियतवश समस्यामा परेका हुन् वा इमान्दारीपूर्वक व्यवसाय गर्दा पनि समस्यामा परेका हुन् भनेर राष्ट्र बैंकले अध्ययन गर्ने जानकारी दिए । गभर्नर पौडेलले विदेशी मुद्रा सञ्चिति थुप्रिए पनि त्यसबाट लाभ लिन नसकेको भन्दै अब यसको सदुपयोग गरी नीति लिइने बताए ।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकर र व्यवसायी छुट्याउनुपर्ने हो वा होइन भन्ने विषयमा राष्ट्र बैंकको लिखित धारणा माग गरे । सोही अनुरूप संसद्ले राष्ट्र बैंकलाई निर्देशन दिने समितिका सभापति सन्तोष चालिसले जानकारी गराए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka