Premier Cables
Premier Steel

बैंक तथा वित्त

बैंकहरुको कमाई करिब ५४ अर्ब, नबिल अगाडि, कुमारीकाे कति ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | साँझ ६:४२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

एक महिनाको अवधिमा बैंकहरुको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको हो । वैशाखमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ बढी नाफा कमाएको छ । ग्लोबल आइएमईले ६ अर्ब ३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । सबैभन्दा कम नाफा आर्जन गर्नेमा कुमारी बैंक रहेको छ । यसले ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

विकास बैंकहरूतर्फ मुक्तिनाथ विकास बैंक १ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गर्दै अग्रस्थानमा रहेको छ, त्यसपछि गरिमा विकास बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै, वित्त कम्पनीहरूतर्फ मञ्जुश्री फाइनान्सले २४ करोड ४३ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सले २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka