Premier Cables
Premier Steel

अर्थ

बैंकहरुले आजबाट सीमित सेवा दिने, सुरक्षा समन्वय अनिवार्य

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ९:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ नेपाल राष्ट्र बैंक (एनआरबी) सँग बैंकर्स संघका प्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ र केही महत्वपूर्ण निर्णयहरूमा सहमति जुटाइएको छ।

बैठकमा बैंकहरूको सञ्चालनसम्बन्धी विषयमा छलफल गरिँदा निम्न निष्कर्षहरू निकालिएको छ ।

बिज्ञापन

बैंकले काठमाडौंस्थित मुख्य कार्यालयसहित तीनवटा शाखा, ललितपुर र भक्तपुरका दुई-दुई शाखाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित कर्मचारीको उपस्थितिमा सीमित कारोबारका लागि सञ्चालन गर्ने छन्।

उपत्यका बाहिरका शाखाहरू सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूसँग समन्वय गरी बैंकहरूले आवश्यकतानुसार आफ्नै व्यवस्थापनमा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।

चेक क्लियरिङ सेवा पूर्ण रूपमा सञ्चालन गरिनेछ भने रेमिट्यान्स विभाग सीमित समयका लागि विदेशी मुद्राको सटहीका लागि खोलिनेछ।

एटिएम सेवा अवरोधरहित रूपमा सञ्चालन गर्नुपर्नेछ र सबै डिजिटल कारोबार तथा अनलाइन सेवा पनि सहज र नियमित रूपमा उपलब्ध गराइनुपर्ने सहमति भएको छ।

बैठकको निष्कर्षअनुसार, सीमित स्रोतसाधनको उपयोग गर्दै बैंक सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास गरिने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka