Premier Cables

खेलकुद

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको विजयी सुरुआत

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | बिहान ७:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ।

मंगलबार राति भएको खेलमा सिटीले पोर्चुगिज क्लब पोर्टोलाई २–० गोलले पराजित गरेको हो। डो ड्रागाओ रंगशालामा भएको खेलमा सिटीको जितमा दुवै गोल हालान्डले गरे।

विज्ञापन

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले लगातार दबाब बनाएको थियो। खेलको ४७औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले एन्जो फर्नान्डेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

एक गोलले पछि परेको पोर्टोले बराबरीका लागि प्रयास गरे पनि सिटीको रक्षापंक्ति तोड्न सकेन। खेलको निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित पक्का गरे।

यसपटक रायन आइत नुरीले सिर्जना गरेको गोलको अवसरलाई हालान्डले सदुपयोग गरेका थिए। दुई गोलसँगै हालान्डले च्याम्पियन्स लिगको नयाँ सिजनमा आफ्नो प्रभावशाली सुरुआत गरेका छन्।

पोर्टोमाथिको जितसँगै म्यानचेस्टर सिटीले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka