Premier Cables
Premier Steel

खेलकुद

एसियन कप महिला छनोटमा साउदीमाथि नेपालको जित

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | साँझ ४:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोलका लागि अन्तिम घण्टासम्म संघर्ष गर्नुपर्‍यो। निर्धारित समयको अन्त्य नजिक पुग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन्। उनले मिना देउवाको शानदार पासमा गोल गरेको थियो।

साउदी अरेबियाले नेपालविरुद्ध केही राम्रो अवसरहरू सिर्जना गरेपनि गोल गर्न असफल भएको थियो। नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सक्ने अवसर पाएको थियो, तर मीना देउवाको प्रहार बारमा लागेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो, जबकि साउदी अरेबिया भने उत्तर कोरियासँग १५-० को गोलअन्तरले पराजित भएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka