Premier Cables
Premier Steel

विराटनगर

मिल्स भेट्रान्स गोल्डकप: विराटनगर र इटहरी विजयी

Calendar आइतबार, फाल्गुण ०३, २०८२  | राती ८:५६ बजे

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आइतबार भएका खेलमा युनाइटेड भेट्रान्स क्लब, विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् ।

विराटनगरस्थित जुटमिल खेलमैदानमा भएको पहिलो खेलमा आयोजक सहरको युनाइटेड भेट्रान्स क्लबले पथरी शनिश्चरे भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइलनमा पुगेको छ । खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको इन्जुरी समयमा विराटनगरका महेन्द्र खवासले फ्री-किकमार्फत निर्णायक गोल गरे । उनले सो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

आइतबार नै भएको दोस्रो खेलमा हाम्रो इटहरी भेट्रान्स क्लबले हाम्रो भेट्रान्स क्लब, धरानलाई १-० गोलले पराजित ग¥यो । खेलको १५ औँ मिनेटमा धरानका खेलाडी कुमार तामाङबाट आत्मघाती गोल भएपछि इटहरीको जित सहज बनेको थियो । डि–बक्सभित्र तामाङले आफ्नै गोलकिपरलाई बल दिन खोज्दा बलले सिधै जाली चुमेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल मिल्स एरिया भेट्रान्स र एभरेष्ट भेट्रान्स, जहदाबीच हुनेछ भने दोस्रो खेल मिल्स एरिया (रातो) र सुनसरी भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka